काठमाडौं– दिल्लीबाट जबलपुर जाँदै गरेको स्पाइसजेटको विमानको आकस्मिक अवतरण गरिएको छ ।
Advertisement
विमान शनिबार बिहान दिल्ली एयरपोर्टबाट जबलपुरको लागि उडेको थियो।
उडानको क्रममा केबिनमा धुवाँ देखिएपछि विमानलाई दिल्ली एयरपोर्टमा आपतकालीन अवतरण गरिएको थियो ।
स्पाइसजेटका प्रवक्तालाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले सबै यात्रुलाई सकुशल रहेको जानकारी दिएका छन् ।