काठमाडौं– काठमाडौं उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ ।
Advertisement
स्वास्थ्य मन्त्रालयका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको जानकारी दिएका छन् ।