काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिवंगत पुत्र प्रकाश दाहालको सालिक राखिएको छ । नुवाकोटका राखिएको सालिकलाई प्रचण्डले अनावरण गरेका छन् ।
Advertisement
नेपाल पर्वतारोहण संघले नुवाकोटको ककनी गाउँपालिका ६ मा रहेको ककनी अन्तर्राष्ट्रिय स्मृति पार्कमा प्रकाशको सालिक राखेको हो । अध्यक्ष प्रचण्ड बुहारी बिना मगरसहित ककनी पुगेर सालिकको अनावरण गरेका हुन् ।
सालिकसँगैको शिलालेखमा प्रकाशको जीवनीबारे उल्लेख गरिएको छ । प्रकाशको २०७४ मंसिर ३ गते निधन भएको थियो ।