काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न महानायक राजेश हमाल खुमलटार पुगेका छन् । प्रचण्डलाई भेट्न हमाल आज बिहान खुमलटार पुगेका हुन् ।
Advertisement
चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिमा भएको दौडधूपका बेला भएको यो भेटलाई विशेष रुपमा हेरिएको छ । केहीबेर सामूहिक भेटवार्ता गरेपछि प्रचण्ड र राजेश हमालमात्र बसेर गोप्य वार्ता गरेका थिए ।
स्थानीय तह निर्वाचनमा हमालले काठमाडौँ महानगरको मेयर बन्ने आशय व्यक्त गरेका थिए ।