काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
Advertisement
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन।
बिहीबार १७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २८० जना सक्रिय संक्रमित छन्। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।