काठमाडौँ । चालू आर्थिक वर्ष २०७८-७९ को अन्तिम ११ महिनामा नेपालबाट एक करोड रुपैयाँभन्दा बढी मूल्यको कपाल निर्यात भएको छ ।
Advertisement
भन्सार विभागको तथ्यांकअनुसार साउन-जेठ अवधिमा नेपालबाट १ करोड ३२ लाख रुपैयाँको कपाल निर्यात भएको हो ।
सर्वसाधारणले सैलुनमा गएर काटेको कपाल जम्मा गरेर बेचिएको हो । तथ्यांकका अनुसार नेपालबाट ११ हजार ८७० किलो कपाल निर्यात भएको हो ।
नेपालबाट बंगलादेश, दक्षिण कोरिया र बंगलादेशमा कपाल निर्यात हुँदै आएको छ ।