काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट बाँचेका छन् । रामेछापमा गोगनेमा आज बिहान उनीसहित पाँच जना चढेको बा १९ च १८३९ नम्बरको स्कारपियो गाडी दुर्घटनामा परेको हो ।
Advertisement
गाडी सडकको डिलमा अड्किएको छ । ढुंगाको ओट लागेर गाडी रोकिएको उपसभापति गुरूङले बताए । उनले आफू सकुशल रहेको बताएका छन् ।
‘ठूलो दुर्घटनाबाट जोगियो, बाटो चिप्लो भएकाले गाडी सडक छेउबाट तल खस्न लागेको थियो, ढुंगाको ओट लाग्यो,’ उनले भने, ‘हामी सबै जना सकुशल छौँ ।’