बर्लिन- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण संज्ञा दिएका छन्।
Advertisement
जी-७ मुलुकको शिखर बैठकमा सहभागी हुन जर्मनी पुगेका जोनसनले युक्रेनमा पुटिनको आक्रमण त्यही ‘विषाक्त पुरुषत्व’को उदाहरण भएको बताए। मस्कोसँग शान्ति वार्ता सम्भव भएमा युक्रेनलाई सबैभन्दा राम्रो रणनीतिक स्थितिमा राख्नका लागि पश्चिमी सहयोगीहरूले समर्थन गर्नुपर्ने उनले बताए।
रुसी राष्ट्रपति पुटिन महिला भएको भए युक्रेनमा युद्ध शुरु नगर्ने उनले बताए। ‘यदि पुटिन एउटी महिला भएको भए, उनी स्पष्ट रूपमा होइनन्, तर यदि उनी भएको भए, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध शुरु गर्ने थिए,’ जोनसनले भने।