काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आफूले नेकपा एमालेमा रोपेको बिउँ फल्ने बताएका छन् । उनले तीन वर्षसँगै रहँदा आफूहरूले एमालेमा बिउ रोपेको भन्दै त्यो फल्ने बताएका हुन् ।
Advertisement
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले एमालेका हजारौँ नेता–कार्यकर्तालाई एकीकृत गरैर लैजान सक्ने अनुभव लिएको दाबी गरे । ‘एमालेमा हामी माओवादीले बिउ रोपेर आएका छौँ, हेर्नुहोला केही समयपछि त्यो फूल्छ, फल्छ,’ उनले भने ।
उनले एमालेमा केपी ओली नभए हजारौँलाई समाजवादको यात्रामा डोर्याउन सकिने दाबी गरे । उनले सबै माओवादीबीच एकता आवश्यक रहेको पनि बताए ।