काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १०० ले बढेको हो ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार २०० थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २४० तोकिएको महासंघले जनाएको छ ।