काठमाडौँ । काठमाडौँ महानगर ४ का अध्यक्ष दिनेश महर्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेकपा एमालेबाट निर्वाचित उनलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पत्र पठाएको हो ।
Advertisement
असार ६ मा अदालतले प्रहरी वृत महराजगञ्जलाई पत्र लेखेर वडा अध्यक्ष महर्जन, पूर्व अध्यक्ष मोहनबहादुर विष्ट र पूर्व वडा सदस्य ध्रुवप्रसाद त्रिपाठीलाई पक्राउ गरेर उपस्थित गराउन भनेको हो ।
विष्ट वडाध्यक्ष हुँदा लिखतसम्बन्धि कसुरमा जाहेरी दर्ता भएको थियो । त्यसबेला अहिलेका अध्यक्ष महर्जन र ध्रुवप्रसाद त्रिपाठी वडा सदस्य थिए ।