काठमाडौं– काठमाडौं महानगरपालिकाको फोहोर ढुवानी दुई दिन रोकिने भएको छ ।
Advertisement
बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्नुपर्ने भएकोले मंगलबार र बुधबार काठमाडौंको फोहोर ढुवानी रोकिने महानगरपालिकाले जनाएको छ । फोहोर संकलनमा भने खासै समस्या नभएको महानगरको भनाइ छ ।
काठमाडों महानगरका अनुसार प्रत्येक दिन ३ सय ट्रक फोहोर बञ्चरेडाँडामा खसाल्न सुरु भएपनि वर्षाले गर्दा बाटो बिग्रँदा १ सय ट्रक फोहोर भन्दा धेरै ल्यान्डफिल्ड साइट लैजान नसक्ने स्थिति रहेको छ । बिहीबारदेखि महानगरको फोहोर नियमित रुपमा फेरि बञ्चरेडाँडा जाने महानगरले जनाएको छ ।