काठमाडौँ । ललितपुरमा प्रहरी जवानले चिकित्सकलाई कुटेर घाइते बनाएको छ । ट्राफिक प्रहरी रहेका राजेन्द्र थापाले आइतबार राति पौने ९ बजे डा. कुलबहादुर घिसिङलाई कुटेर घाइते बनाएका हुन् ।
Advertisement
मापसे चेकिङमा बसेका प्रहरीले बाटोबाट हिँडिरहेको अवस्थामा आफूलाई कुटेको घिसिङले बताएका छन् । उनी आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत छन् ।
प्रहरीको कुटाइबाट घिसिङको नाकबाट रगत बगेको थियो । प्रहरी थापाले बाटोमा हिँडिरहँदा एक्कासी ठोक्किन आएकाले विवाद भएको बताएका छन् ।