काठमाडौं- चश्माको लोकप्रिय अन्तर्राष्ट्रिय ब्रान्ड रे-बानका मालिकको निधन भएको छ।
Advertisement
रे-बानलाई विश्वभर प्रसिद्ध बनाएका लियोनार्दो डेल भेक्कियोको ८७ वर्षको उमेरमा निधन भएको हो।
उनी इटालीका धनाढ्य व्यक्तिहरू मध्येका एक थिए। ग्लास निर्माता एसिलोर लक्जोटिकाका अध्यक्ष हुन् उनी।
लक्जोटिका विश्वको सबैभन्दा ठूलो ग्लास र फ्रेम उत्पादक कम्पनी हो। आठ हजारभन्दा बढी स्टोरहरू रहेको एक्जोटिकाले ७७ हजार ७३४ जनालाई रोजगारी दिँदै आएको छ। इटालीमा दोस्रो र विश्वका ५४ औँ धनी व्यक्ति उनको सम्पत्ति २४ अर्ब १० करोड डलरबराबर छ।