काठमाडौँ । मनसुनी वायुको प्रभावले आज दिनभर वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहने छ ।
Advertisement
देशभरका पहाडी भागका धेरै स्थानमा र बाँकी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति पनि प्रदेश १, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।