दक्षिण अफ्रिकाको इन्ट लन्डन नामक शहरको नाइट क्लबमा भागदौड मच्चिएको छ।
Advertisement
भागदौडका कारण १७ युवाको मृत्यु भएको छ। कतिपयको मृत्यु विषका कारण भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
युवाको मृत्युको यकिन कारण खोजी भइरहेको स्थानीय प्रहरीले जनाएको छ। कतिपय सञ्चार माध्यमले मृतक संख्या २२ रहेको बताएका छन्।
सामाजिक सञ्जालमा सेयर गरिएका नाइट क्लबका केही तस्बिरमा युवा–युवती जमिनमा लडिरहेको देखिएको छ। तीमध्ये कतिपयको शरीरमा चोट देखिन्छ।
स्थानीय प्रहरी अधिकारी टेन्बिकोसी किनानाले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार मृतक १८ देखि २० वर्षका छन्। नाइट क्लबमा भएको घटनाबारे स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।