काठमाडौँ । सरकारले पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ ।
Advertisement
शनिबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने जानकारी दिएका हुन् ।
योसँगै भोलिदेखि पेट्रोलको मूल्य १९९ बाट १७९ रुपैयाँ कायम हुने भएको छ । यस्तै डिजेलको मूल्य १९२ रुपैयाँबाट २८ रुपैयाँ घटेर १६४ रुपैयाँ कायम गरिएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने छ ।
सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको करलाई कटौती गरेर मूल्य घटाएको हो ।
शनिबार बिहान बसेको गठबन्धन दलका नेताहरुको बैठकले मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो ।