काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको शीर्ष नेताको बैठक सुरु भएको छ । बैठकमा नेकपा एसबाट सरकारमा सहभागी मन्त्रीहरू परिवर्तन गर्नेबारे छलफल हुने जनाएको छ ।
Advertisement
पार्टीभित्र मन्त्री फेरबदलको विषयमा माधव नेपाललाई ठूलो दबाब रहेको छ । मन्त्री फेर्ने निर्णय गर्दा आफूहरूलाई अपराधी जस्तै व्यबहार गरेर निर्णय लिएको भन्दै असन्तुष्ट मन्त्रीहरूसहित १० सांसदले पार्टीभित्र छलफल गर्न अध्यक्ष नेपाललाई दबाब दिइरहेका छन् ।
गठबन्धनको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायतका नेताहरू सहभागी छन् ।