काठमाडौं– भारतको बिहारस्थित सीतामढी जिल्लामा १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेपछि पेट्रोल छर्केर जलाएको घटना सार्वजनिक भएको छ ।
Advertisement
बालिकाको शरीरको ४० प्रतिशतभन्दा बढी भाग जलेको छ । हाल उनको मुजफ्फरपुरको अस्पतालमा उपचार भइरहेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार घटना १९ जुन दिउँसो १ बजेतिर भएको थियो। पीडितको भनाइअनुसार एकजना व्यक्ति उनीसँग आएर जबरजस्ती करणी गर्ने प्रयास गरे। बलात्कार प्रयास असफल भएपछि ती व्यक्तिले शरीरमा पेट्रोल छर्केर आगो लगाए।
प्रहरीले आरोपीलाई पक्राउ गरी कारबाहीका लागि न्यायिक हिरासतमा पठाएको छ।