काठमाडौं– पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
Advertisement
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार २३४ जनाको पीसीआर परीक्षणमा ३३ र १ हजार २६० नमुना एन्टीजेन परीक्षणमा १६ जना गरी ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा कोरोनाबाट १२ जना निको भएका छन् । हाल देशभर १६३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १६० होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइसोलेसनमा र १ जना आईसीयूमा छन् ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८६६पुगेको छ ।