काठमाडौं– स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको भोलि (शुक्रबार) धनगढीमा कार्यक्रम हुने भएको छ ।
Advertisement
एसईई र कक्षा १२ दिएका विद्यार्थीहरुलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले स्टान्डअप कमेडियन कलाकार सन्दीप क्षेत्रीलाई धनगढीमा निम्त्याएको हो ।
ओम प्यालेस धनगढीमा हुने कार्यक्रममा एसईई र कक्षा १२ का विद्यार्थीहरूसँग सन्दीपले करिअर काउन्सिलिङ तथा अन्तरक्रियात्मक सेसनहरु गर्नेछन् । साथै कार्यक्रममा क्षेत्रीको विशेष प्रस्तुतिसमेत रहनेछ । कार्यक्रम बिहान ११ बजेदेखि ओम प्यालेस धनगढीमा शुरु हुनेछ ।
आयोजक एसपीए कलेजले एसईई र १२ कक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । निःशुल्क इन्ट्री टिकट एसपीए कलेजको फेसबुक पेजबाट अथवा सिधै कार्यक्रमस्थलमा समेत प्राप्त गर्न सकिनेछ ।