काठमाडौं– स्वास्थ्य मन्त्रालयले बिहीबारदेखि ५–१२ वर्षका बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिँदैछ ।
Advertisement
पहिलो चरण अन्तर्गत २७ वटा जिल्लामा भोलीदेखि १५ असारसम्म पहिलो मात्रा र २ देखि ८ साउनसम्म दोस्रो मात्रा खोप दिइने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जानकारी दिएको हो ।

पहिलो चरणमा झापा, इलाम, मोरङ र सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, कास्की, नवलपरासी, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइनेछ ।

बालबालिकालाई विद्यालयमा रहेको खोप केन्द्रमार्फत खोप लगाइने केन्द्रले जानकारी दिएको छ । दोस्रो चरणमा बाँकी रहेका ५० वटा जिल्लामा ५ देखि ११ भदौसम्म पहिलो मात्रा र सोही समूहलाई २७ भाद्रदेखि १ असोजसम्म दोस्रो मात्रा खोप दिइनेछ ।