काठमाडौँ । सरकारले हप्तामा दुई दिन बिदा दिँदा ११ प्रतिशत पेट्रोल खपत रोकिएको नेपाल आयल निगमले जनाएको छ ।
Advertisement
सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले वैशाख महिनामा भन्दा जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशत कम भएको बताए ।
उनका अनुसार वैशाखमा ६७ हजार किलोलिटर खपत भएकोमा जेठमा घटेर ५९ हजार किलोलिटर मात्रै खपत भएको बताए ।
सरकारले इन्धन खपत कम गर्न भन्दै जेठ महिनामा आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो । अहिले सरकारले असार १ देखि लागु हुने गरी बन्द गरिसकेको छ ।