काठमाडौँ । नेपाल आयल निगमले भारी मात्रामा इन्धनको मूल्य वृद्धि गरेसँगै वायुसेवा कम्पनीले हवाई भाडा बढाएको छ ।
Advertisement
वायुसेवा सञ्चालक संघले काठमाडौँबाट सबैभन्दा टाढा धनगढी जानका लागि ८४० रुपैयाँ भाडा बढाएको छ । योसँगै अब काठमाडौँबाट धनगढी पुग्न १६ हजार ८०५ रुपैयाँ लाग्ने भएको छ ।
काठमाडौंबाट सबैभन्दा कम सिमराको रुटमा १७० रुपैयाँ भाडा वृद्धि गरेको छ । अब सिमरा पुग्न अधिकतम ४ हजार १९५ लाग्ने भएको छ ।
निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ मूल्य वृद्धि गरी प्रतिलिटर १८५ रुपैयाँ पुर्याएको छ ।
