काठमाडौँ । आज सेयर बजार भारी अंकले घटेको छ । ३२ सय अंक पुगेको सेयर बजार आजसम्म आइपुग्दा १९ सयभन्दा तल पुगेको छ ।
Advertisement
आज एकै दिन बजार ४९.३१ अंकले घट्दा नेप्से परिसूचक १८८४.८१ अंकमा पुगेको छ । बजार घटे पनि एक अर्ब ७५ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै, दुई सय ३० वटा कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता सेयर खरिद बिक्री भएको छ । बजार खुल्नासाथ ओरालो लागेको बजारको सबै सूचकमा गिरावट आएको छ ।