काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव गम्भिर खुलासा गरेका छन् । उनले प्रतिगमनकारीहरू यो व्यवस्था असफल पारेर राजा ल्याउने षड्यन्त्र लागेको खुलासा गरेका हुन् ।
Advertisement
आइतबार काठमाडौँमा सम्पादकसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले आफूहरु कुनै अवस्थामा प्रतिगमन हुन नदिने बताए ।
‘प्रतिगमन हुन दिन्नौँ, प्रतिगमनको पहिलो कुरा राजालाई ल्याउने खतरनाक षडयन्त्र चलिरहेको छ, तर किमार्थ सम्भव छैन’, अध्यक्ष नेपालले भने ।
अध्यक्ष नेपालले आज पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने विषयमा कुरा भएको बताए । ‘तेलको मूल्य फेरि पनि बृद्धि गर्नुपर्छ भन्ने आजै पनि कुरा आयो, तर हामीले जनतालाई कसरी राहत दिन सकिन्छ ? जनताको पीर मर्कालाई राज्यले सम्बोधन गर्नुपर्छ, जनताका समस्याका बारेमा गठबन्धनमा छलफल हुनुपर्छ भनेर मैले पटक पटक भनेको छु’, अध्यक्ष नेपाल भने ।