काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आज बसेको सत्ता गठबन्धन बैठकमा अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे विस्तृतमा छलफल नभएको बताएका छन् ।
Advertisement
सञ्चार माध्यमका सम्पादकहरूसँग कुरा गर्दै नेकपा एसका अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहित विपरीत कुनै सहमतिमा हस्ताक्षर नगर्ने विश्वास दिलाएको बताए ।
‘प्रधानमन्त्रीज्यूले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट सही हुने छैन, यति क्याटागोरीकल्ली बोलिसकेपछि, गृहमन्त्रीले पनि संसदमा बोलिसकेपछि हामीले धेरै शंका गरिरहनुपर्ने आवश्यकता छैन,’ उनले भने । अध्यक्ष नेपालले जनताले पनि सजग गराइरहनु पर्ने बताए ।
अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विवादसँगै संसदबाट पारित भएपछि अहिले अमेरिकाकै एसपीपीबारे देशका विवाद भइरहेको छ ।