दाङ । जिल्लामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ५ पहरूवाका ४५ वर्षीय मोहन चौधरी रहेका छन् ।
Advertisement
बिहान घर नजिकको धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट लागेको हो ।
गम्भीर घाइते उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुरजविक्रम शाहले जानकारी दिए ।