काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को ‘च्याप्टर क्लोज’ भइसकेको बताएका छन् ।
Advertisement
शुक्रबार बसेको संसदीय समिति संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा नेपालले एसपीपी अगाडि नबढाउने स्पष्ट पार्दै मन्त्री खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन् । उनले एसपीपी अगाडि नबढाउने भएपछि यसलाई थप बोल्नु नपर्ने बताएका थिए ।
‘एसपीपी नेपालले अगाडि बढाउँदैन भनेर सरकारको आधिकारिक धारणा सार्वजनिक भइसक्यो, प्रधानमन्त्रीले पनि हुँदैन भनिसक्नु भएको छ,’ उनले भने,’ ‘अगाडि नबढाउने भएपछि च्याप्टर क्लोज भइसकेको छ ।’