Advertisement
काठमाडौँ । आज बिहानैदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ । आज बिहानै गण्डकी, बागमती, मधेस र प्रदेश १ का केही स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो प्रदेश १ का धेरै क्षेत्रमा वर्षा हुने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको प्रक्षेपण पनि गरिएको छ ।
त्यस्तै, बागमती र गण्डकीका केही स्थानसहित बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
वर्षा हुने भएसँगै महाशाखाले सुरक्षित हुन सबैमा आग्रह गरेको छ ।