काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल छाडेका उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा फर्किएका छन् ।
Advertisement
उनीहरू दुवै जनालाई राप्रपा अध्यक्ष लिङ्देनले सोमबार पार्टीमा स्वागत गरेका हुन् । महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा नेपाल ब्यूँताएका थिए ।
त्यतिबेला पौडेल र गुरुङले थापालाई साथ दिँदै गएका थिए । तर, गत वैशाखमा उनीहरु दुवै जनताले राप्रपा नेपाल परित्याग गरेका हुन् ।
कमल थापाले राजसंस्था नबोक्ने निर्णय गरेपछि र स्थानीय चुनावमा एमालेसँग सहकार्य गर्ने नीति लिएपछि उनीहरूले थापाको साथ छाडेका हुन् ।