काठमाडौं- झापा मेचीनगरमा अज्ञात रोगका कारण ५८ वटा बंगुर मरेका छन्।
Advertisement
मेचीनगर-६ का भक्तबहादुर राईको फारममा पालिका बंगुर मरेका हुन्। उनको फारममा पालिएका बंगुर धमाधम मरेपछि उनले लाखौं घाटा बेहोर्नु परेको छ। फारममा रहेका ८२ मध्ये दैनिक ६-७ वटा दरले मरिरहेका छन्।
पशु चिकित्सकले पनि बंगुरमा लागेको रोग पहिचान गर्न सकेका छैनन्। बंगुरलाई पखाला लाग्ने, उच्च ज्वरो, दाना नखाने र झोक्राएर बस्नेजस्ता लक्षण देखिएको छ। मेचीनगर नगरपालिकाको पशु सेवा विभागले बिरामी सुँगुरको ल्याब परीक्षणसम्म गरेको छैन।