काठमाडौं– निर्माण गरिरहेको सडकबाट माटोकाे ढिस्को खस्दा रोल्पामा दुई बालकको मृत्यु भएको छ।
Advertisement
आइतबार बिहान परिवर्तन गाउँपालिका–५ दाउन्नेभीरमा नयाँ सडक खन्न स्काभेटर मेसिन प्रयोग गरिएकोमा ढिस्को खस्दा खेलिरहेका दाजुभाइ च्यापिएका थिए ।
स्काभेटरले थर्काएको जमिनबाट खसेको ढिस्कोले दुवैलाई पुरेको थियो । घटनामा परि ७ वर्षका डेबिड खड्का र २ वर्षीय इशान खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
बिहान ९ बजे भएको घटनामा उद्धारका लागि प्रहरी पौने ११ बजे पुगेको थियो । प्रहरीको सहयोगमा मृतक दुवै बालकको शव पोष्टमार्टमका लागि रोल्पा अस्पतालमा ल्याइएको छ ।