काठमाडौं– पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ सय ६२ पीसिआर परीक्षण गर्दा ११ र १२ सय ९१ नमुना एन्टीजेन परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाका कारण कसैको निधन नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १०६ सक्रिय संक्रमित रहेका छन् ।