काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार एकलौटी नभएकाले चाहेअनुसार धेरै काम गर्ने स्थिति नरहेको बताएका छन् ।
Advertisement
नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौंमा शुरु भएको राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै उनले एकलौटी सरकार नभएकाले नेपाल ट्रेड युनियन कांग्रेसले धेरै माग दावी गर्न नमिल्ने बताएका हुन् । ‘एउटा कुरा के बुझ्नु पर्यो भने तपाईंहरुले यो कांग्रेसको एकलौटी सरकार होइन । यो नबुझिकन तपाईंहरुले यो धेरै क्लेम गर्ने कुरा छैन,’ उनले भने ।
देउवाले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताए ।