काठमाडौँ । नेकपा एमालेको कार्यालय समितिको बैठक बस्ने भएको छ । बैठक शनिबार दिउँसो बस्ने भएको हो ।
Advertisement
स्थानीय तह निर्वाचनको समीक्षा गर्न कार्यालय समितिको बैठक बस्न लागेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव, उपमहासचिव र सचिवहरू सहभागी हुने भएका छन् ।
नेकपा एमालेले पार्टीभित्रको अन्तर्घात र सत्तारुढ गठबन्धनले धाँधली गरेकाले पराजय व्यहोर्नु परेको आरोप लगाउँदै आएको छ ।