काठमाडौँ । जिल्ला समन्वय समिति (जिसस) सुर्खेतको प्रमुखमा नेकपा एमालेका गंगाराम सुनार निर्वाचित भएका छन् । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका सचिनकुमार बडुवाल निर्वाचित भएका छन् ।
Advertisement
मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यका अनुसार एमाले र माओवादी केन्द्रको गठबन्धनबाट सुनार र बडुवाल निर्वाचित भएका हुन् ।
त्यस्तै महिला सदस्यमा चन्द्रा धामी, शान्ति ताराम र मीना मल्ल, अन्य सदस्यमा तुलबहादुर नेपाली, डिल्ली पाण्डे र पृथ्वीबहादुर बुढा तथा अल्पसंख्यकतर्फ सावित्रा टमटा निर्वाचित भएका छन् ।