काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसद गिरिराजमणि पोखरेलले सर्लाहीका डाँचाराम वाग्लेको मृत्युका सम्बन्धमा गहन रुपले छानविन गर्न माग गरेका छन् ।
Advertisement
बैठकको विशेष समयमा उनले डाँचारामको मृत्यका सम्बन्धमा सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान औपचारिकतामै सीमित भएकाको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘मिटर ब्याजविरुद्धको आन्दोलनमा सर्लाहीका डाचारामको रहस्यमय तरिकाले मृत्यु भयो,’ सांसद पोखरेलले भने, ‘सरकारले सिआइबीमार्फत अनुसन्धानसमेत गर्यो, तर अपौचारिकता मात्र टुङ्ग्याउने हिसाबले अनुसन्धान गरेको छ ।’