काठमाडौँ । कतव्र्य ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परेका एक थुनुवाको मृत्यु भएको छ । मोरङको केराबारी गाउँपालिका २ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको प्रहरी हिरासतमै मृत्यु भएको हो ।
Advertisement
गत जेठ २५ गते पक्राउ परेका उनलाई अदालतमा उपस्थित गराउन बिहीबार सरकारी वकिल कार्यालय मोरङमा पेस गरेको थियो । त्यही क्रममा बेहोस भएका उनको कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु भएपछि उनको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । पत्नी सकुन्तला ठकुरीलाई आक्रमण गरी गम्भीर घाइते बनाएको अभियोगमा उनलाई पक्राउ गरिएको थियो । उनका सालोले भने प्रहरीको कुटाइबाट भिनाजुको मृत्यु भएको आरोप लगाएको छ ।