काठमाडौँ । ललितपुर १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका २६ सुनाकोठी बस्ने ओखलढुंगा चिशङ्खु गढी गाउँपालिका ३ का २३ वर्षीय मिलन परियार रहेका छन् ।
Advertisement
परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ मिलनले जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।