काठमाडौँ । नेकपा एमालेका सांसद नविना लामाले जनक शिक्षा सामाग्री खारेज गरी निजी क्षेत्रलाई दिनु पर्ने बताएकी छन् । नयाँ शैक्षिक सत्र सुरु भइसकेको दुई महिना पूरा हुँदासमेत विद्यार्थीले पाठ्यक्रम नपाएको भन्दै उनले यस्तो माग राखेकी हुन् ,
Advertisement
बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद लामाले बेलैमा पाठ्यपुस्तक छाप्न र विद्यार्थीलाई उपलब्ध गराउन नसक्ने जनक शिक्षालाई खारेज गर्नु पर्ने बताएकी हुन् ।
‘अहिले कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव छ, जनक शिक्षाले बेलैमा पाठ्य पुस्तक छाप्न र वितरण गर्न सक्दैन भने किन लगानी गर्ने ? किन खर्च गर्ने ? उनीहरू जवाफदेही हुनु पर्दैन,’ उनले भनिन्, ‘पाठ्य पुस्तक दिन नसक्ने जनक शिक्षा खारेज गरौँ, अब निजी क्षेत्रलाई पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मा दिऔँ ।’