काठमाडौँ । पहिरोका कारण मुग्लिङ–नौविसे खडक खण्डको विभिन्न स्थानमा पहिरो गएको छ । यस्तै, मुग्लिङ–नारायणगढ सडक अवरूद्ध भएको छ ।
Advertisement
मुग्लिङ–नौविसे सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो ।
यस्तै मुग्लिङ–नारायणगढ सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा सडक अवरूद्ध भएको छ । पहिरो खसेपछि सडक अवरूद्ध भएको हो ।
पहिरो हटाएर सडक खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गए रातिदेखि यात्रुहरू सडकमै रोकिएका छन् ।