काठमाडौं– हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१३ कालिमाटी बस्ने बारा पचरौता नगरपालिका–७ घर भएका ५४ वर्षीय जय कमल साह कलवारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
काठमाडौंको टंकेश्वर कालीमाटी एरियाबाट गैरकानुनी रुपमा हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले कलवारलाई स्रोत नखुलेको १७ लाख ६६ हजार ३ सय नेपाली रुपियाँ र १२ लाख ८ हजार ७ सय भारतीय रुपियाँसहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाइएको छ ।