काठमाडौँ । यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पेश भएको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
Advertisement
सभामुखले निर्णयार्थ पेश गरेको उक्त प्रस्तावको विपक्षमा सांसदहरूले हुँदैन नभनेपछि प्रस्ताव पारित भएको घोषणा गरिएको हो ।
छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले दिएका थिए ।