काठमाडौँ । भरतपुर महानगरपालिका ५ श्रृष्टि चोकबाट एक थान कटुवा पेस्तोलसहित सोही महानगरपालिका ६ का ४० वर्षीय दिपक पुन पक्राउ परेका छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
ना ४५ प २७१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पेस्तोल फेला परेको हो ।
यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।