काठमाडौँ । मोटरसाइकलको ठक्करबाट घाइते भएका राप्रपाका नेताको उपचारका क्रममा मृत्यु भएको छ । राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।
Advertisement
उनको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । स्पिडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि श्रेष्ठ गम्भिर घाइते भएका थिए । उनको टाउको र छातीमा चोट लागेको थियो ।
उनी गत वैशाख ३० गते सकिएको स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए । उनी राप्रपा खोटाङमा झण्डै १५ वर्ष जिल्ला अध्यक्ष भएका थिए ।