काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्मको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।
Advertisement
हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भागमा आंशिकदेखि सामान्य बदली भएको छ । आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ ।
महाशाखाले मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।