काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा पूर्व स्थायी समिति सदस्यको बैठक बसेको छ । प्रचण्ड निवास खुमलटारमा बैठक जारी छ ।
Advertisement
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत विषयमा छलफल भइरहेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए ।
यसअघि शनिबार दिउँसो ३ बजे बैठक बस्ने भनिएको थियो । तर, तयारी नभएको भन्दै बैठक रोकिएको थियो । स्थानीय तहको निर्वाचनपछि माओवादी केन्द्रको यो पहिलो बैठक हो ।