काठमाडौँ । गत वैशाख ३० गने सम्पन्न स्थानीय तहको निर्वाचनमाथि छलफल गर्न नेकपा एकीकृत समाजवादीको बैठक बस्ने भएको छ । बैठकमा निर्वाचनको समीक्षा हुने नेकपा एसको सचिवालयले जनाएको छ ।
Advertisement
आज दिउँसो ३ बजे पार्टी कार्यालय तीनकुनेमा बैठक बस्ने भएको हो । सचिवालयमा अध्यक्ष माधव कुमार नेपालसहितका शीष नेताहरू झलनाथ खनाल, मुकुन्द न्यौपाने, राजेन्द्रप्रसाद पाण्डे, प्रवेश हमाल, जयन्ती राई, बेदुराम भुसाल, प्रकाश ज्वाला, गंगालाल तुलाधरलगायतको उपस्थित हुने भएको छ ।