काठमाडौँ । जहाज दुर्घनामा मृत्यु भएकाहरूको शव परिवारलाई बुझाइएको छ । शव पहिचान गरी त्रिवि शिक्षण अस्पातालले आफ्ना परिवारलाई शव जिम्मा लगाएको हो ।
Advertisement
गत आइतबार बिहान सम्पर्कविहीन भएको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा सोमबार फेला परेको थियो । मौसम खराबीका कारण पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटना भएको हो ।

दुर्घटनामा धनुषाको एकै परिवारका सात र गोरखाको एकै परिवारका चार जनाको मृत्यु भएको थियो । जहाजमा चालक दलका तीन सदस्यसहित २२ जनाको मृत्यु भएको थियो । जसमा चार भारतीय र दुई जर्मनी नागरिकसमेत रहेका थिए ।
उनीहरूको शव त्रिवि अस्पतालमा पोस्टमार्टम गरी पहिचान गरेर मात्रै परिवारलाई जिम्मा लगाएको हो ।

